२०८२ जेठ ३१ शुक्रबार

राशिफल

सूर्यगढी कांग्रेसले गर्‍यो उम्मेद्वार सिफारिस

नुवाकोट : आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि नुवाकोटको सूर्यगढी गाउँपालिका अध्यक्षको लागि कांग्रेसको तर्फबाट १० जना आकांक्षी देखिएका छन।

बुधबार नेपाली कांग्रेस सूर्यगढी गाउँ कार्यसमितिको बैठकले १० जना अध्यक्षका दाबेदार रहेको र १० जनालाई उम्मेदवारको सिफारिस गरि जिल्ला कार्यसमितिलाई सिफारिस गरेको हो ।

बैठकले गाउँपालिका उपाध्यक्षमा ५ जनालाई सिफारिस गरेको छ। अध्यक्षको पदमा सिफारिस हुनेमा शंकर प्याकुरेल, कुमार गुरुङ, मन्जु बुढाथोकी, सन्तबहादुर घले, रामजीप्रसाद पौडेल, सुमन गिरी, दीपेन्द्र गिरी, भेषराज ढकाल, र राजु अधिकारी छन्। सिफारिसमध्येका घले सूर्यगढी गाउंपालिकाका अध्यक्ष हुन् भने अधिकारी नेविसंघ नुवाकोटका तदर्थ समितिका अध्यक्ष हुन्।

उपाध्यक्षमा नारायणी भट्टराई, मेनुका भट्टराई, निशा अधिकारी, मन्जु घिमिरे र ईश्वरी गिरी रहेका छन्।