२०८२ जेठ २२ बुधबार

राशिफल

मुम्बई इन्डियन्सलाई हराउँदै कोलकाता नाइट राइडर्स शीर्ष स्थानमा इन्डियन प्रिमियर लिगको शिर्षस्थानमा

काठमाडौं :  इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा मुम्बई इन्डियन्सलाई हराउँदै कोलकाता नाइट राइडर्स शीर्ष स्थानमा उक्लिएको छ ।

पुणेमा गएराति भएको खेलमा कोलकाताले मुम्बईलाई ५ विकेटले हरायो । मुम्बईले दिएको १ सय ६२ रनको लक्ष्य कोलकताले १६ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । कोलकताका पाट कुमिन्स र भेन्काटेस आयरले अर्धशतकीय पारी खेले ।

कुमिन्सले अविजित ५६ रन र भेन्काटेसले ५० रन जोडे । मुम्बईका मुरुगान आश्विन र ट्यामल मिल्सले दुईरदुई विकेट लिए । ड्यानियल साम्सले एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो ।

मुम्बईका सूर्यकुमार यादवले ५२ रनको अर्धशतकीय पारी खेले । कोलकाताका पाट कुमिन्सले दुई तथा उमेश यादव र वरुण चक्रवर्तीले एकरएक विकेट लिए । जितसँगै शीर्ष स्थानमा उक्लिएको कोलकाताको ४ खेलमा ६ अङ्क भएको छ ।