२०८२ जेठ ३२ शनिवार

राशिफल

आजको मौसम विवरण

काठमाडौं :  हाल नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। हाल देशको पहाडी भू- भागमा आंशिक बदली रही देशको अन्य भू -भागमा मौसम सामान्यतया सफा रहेको छ।

बिहीबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू -भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १ को पहाडी भू -भागका केही स्थानहरूमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू -भागका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ।

त्यस्तै शुक्रबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू -भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू- भागमा आंशिक बदली रही अन्य भू- भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू- भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ।