काठमाण्डौ : ललितपुरको लुभुमा कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
हिजो बेलुका साढे ५ बजेतिर बा १६ च ३६८७ नम्बरको कारको ठक्करबाट रामेछाप मन्थली नगरपालिका पुराना गाउँ घर भइ ललितपुरको लुभुमा बस्ने विमला पुरीका दुई वर्षका छोरा आर्यनको ज्यान गएको प्रहरीले जनाएको हो।
ठक्कर दिने कारको चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाइँको प्रतिक्रीया