२०८२ जेठ २१ मङ्गलबार

राशिफल

मुम्बईमा फेरि कोरोना भाइरसको ओमिक्रोन एक्सई भेरियन्ट फेला

काठमाडौं :  भारतको मुम्बईमा कोरोना भाइरसको ओमिक्रोन एक्सई भेरियन्ट फेला परेको छ । भारतमा ओमिक्रोन एक्सईको पहिलो सङ्क्रमित भेटिएको हिजो पुष्टि भएको हो ।

नयाँ भेरियन्ट एक्सई पहिलो पटक बेलायतमा देखिएको थियो । यो भेरियन्ट ओमिक्रोनभन्दा बढी सर्नसक्ने क्षमता रहेको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाएको छ ।

ओमिक्रोन बीए–टू प्रजातिभन्दा नयाँ भेरियन्ट एक्सई १० प्रतिशत बढी सर्नसक्ने डब्ल्यूएचओको भनाइ छ । ओमिक्रोन एक्सई भेरियन्ट पुष्टि भएका भारतीय नागरिकको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।