काठमाण्डौ : आज विश्व स्वास्थ्य दिवस, नेपालमा पनि वातावरण र स्वास्थ्यबीचको अन्तरसम्बन्धमा केन्द्रित हुँदै ‘स्वच्छ वातावरण, स्वस्थ नेपाली’ भन्ने नाराका साथ मनाइँदैछ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेकाले स्वच्छ र हरित वातावरणको प्रवर्द्धनमा आवश्यक योगदान गर्न आह्वान समेत गरेको छ । नेपालमा वायु प्रदूषण, जलवायु परिवर्तन प्रेरित प्रकोप–बाढी, खडेरी, अत्यधिक गर्मी तथा असुरक्षित पानीको प्रयोगले विभिन्न रोगको जोखिम बढेको छ।
नेपालमा बर्सेनि वायु प्रदूषणबाट ३७ हजार ६८३ जनाको र सुर्तीजन्य रोगका कारण २७ हजारभन्दा धेरैको अकालमै ज्यान जाने गरेको मन्त्रालयको तथ्याङ्क छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार हरेक वर्ष विश्वभर १३ लाखभन्दा धेरै मानिसको मृत्यु नियन्त्रण गर्न सकिने वातावरणीय कारणले हुनेगर्छ।
स्वास्थ्य मन्त्रालयले स्वच्छ पानी र सरसफाइमा पहुँच सुनिश्चित गर्न तथा आवश्यक सेवामा लगानी बढाउन आवश्यक रहेको बताएको छ ।
तपाइँको प्रतिक्रीया