काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सिरहा जाँदैछन् ।
प्रचण्डले आज त्यहाँ सहिद गेटको उद्घाटन गर्ने कार्यक्रम रहेको जनाएको छ । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र विद्रोहको क्रममा सहादत प्राप्त गरेका सहिदको स्मृतिमा गेट बनाइएको छ ।
२०७० को संविधानसभा निर्वाचनमा सिरहा प्रचण्डको निर्वाचन क्षेत्र भएको जिल्ला पनि थियो । क्षेत्र नम्बर ५ बाट उनी संविधानसभा सदस्यको रूपमा विजयी भएका थिए ।
तपाइँको प्रतिक्रीया