काठमाडौं : विस्तारै गर्मी बढ्न थालेको छ । अबको समय भनेको हामीले हाम्रो स्वास्थ्यको विशेष चासो राख्नुपर्छ । अझ गर्मीमा सबैभन्दा ठूलो समस्या भनेको घामले डढेर छाला कालो हुनु हो । गर्मी मौसम छाला सम्बन्धी रोगका लागि पनि सवंदनशील मौसम मानिन्छ । यस समयमा सूर्यको किरणको ताप चर्को हुने तथा वातावरणमा सूक्ष्म जीवाणु समेत देखा पर्ने गर्छन् ।
सूर्यको किरणले छालालाई केही असर नगरोस् भन्नका लागि यसको हेरचाह र ख्याल राख्नुपर्ने हुन्छ । गर्मी मौसममा विशेष गरी तापक्रम बढी हुने हुँदा शरीरमा पसिना बढी आउँछ । पसिनाले गर्दा छालामा प्रभाव पार्दछ । जसका कारण फंगल इनफेक्सन हुने, दाद, दुबी, छाला बाक्लो हुने, घमौरा आउने, छालामा घाउ हुने र चिलाउने समस्याहरू देखिन्छन् । सूर्यको किरण सिधै पर्दा चाँडै चाउरी पर्ने समस्या पनि देखिन्छ ।
छालाको हेरचाह गर्ने उपायहरु यस प्रकार छन् :
– मौसम अनुसारका ताजा फलफुलहरु खाने
– प्रसस्त मात्रामा हरियो सागसब्जी खाने
– घाममा निस्कनुभन्दा आधा घन्टा अगाडि सनस्क्रिन लगाउने,
– दिनभर घाममा निस्कदा तीन– तीन घन्टाको अन्तरमा सनस्क्रिन लगाउने
– घर बाट बाहिर निस्कदा छाता वा क्यापको प्रयोग गर्ने
– कम्तिमा ५० एसपीएफ युक्त सनस्क्रिन प्रयोग गर्ने
– स्किन टोनर वा गुलावजलको प्रयोग गर्ने, यसले छालालाई शीतलता प्रदान गर्छ,
– दिनमा दुई पटक किलिन्जिङ गर्ने
– बेलुका सुत्नु अगाडि अनुहारलाई राम्रोसँग धोएर नाइट क्रिम लगाएर सुत्ने
– महिनामा दुई पटक फेसियल गर्ने
– आफ्नो छालालाई उपयुक्त हुने फेस प्याक र फेस वासहरु प्रयोग गर्ने
– कम्तिमा ६ देखि ८ घण्टा सुत्ने
सिनियर ब्युटिसियन रश्मिला श्रेष्ठका अनुसार मानिसको छाला तीन प्रकारका हुन्छन् । फुस्रो छाला, निकै चिल्लो छाला र सामान्य छाला । गुण, अवस्था र प्रकार अनुसार छालाको स्याहार गर्नुपर्ने उनि बताउँछिन । गर्मीमा बढी चिल्लोपना हुने छालामा समस्या देखिने उनको भनाइ छ ।
तपाइँको प्रतिक्रीया