२०८२ जेठ ३१ शुक्रबार

राशिफल

स्थानीय तहको निर्वाचन : मधेश चुनौतीपूर्ण

काठमाडौं : आगामी ३० वैशाख २०७९ मा हुने स्थानीय तह निर्वाचनका लागि ७७ वटै जिल्लाका सुरक्षा समितिले चुनौती विश्लेषण गरेर रिपोर्ट बुझाएका छन् ।

जिल्लाबाट प्राप्त रिपोर्टका आधारमा गृह मन्त्रालयले मतदान स्थललाई तीन समूहमा विभाजन गरेको छ । त्यही आधारमा निर्वाचनमा सुरक्षा व्यवस्थापन गरिने मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले बताए ।

गृह उच्च स्रोतबाट प्राप्त रिपोर्टमा देशभरका १० हजार ७५६ मतदान केन्द्रमध्ये २ हजार ९४६ वटा अति संवेदनशील छन्, ४ हजार ४२३ वटा संवेदनशील र ३ हजार ३७८ वटा सामान्य छन् ।

रिपोर्टले यसपालिको चुनावमा मधेश प्रदेश सबभन्दा चुनौतीपूर्ण देखाएको छ । मधेशपछि लुम्बिनी, सुदूरपश्चिम र प्रदेश–१ चुनौतीपूर्ण रहेको रिपोर्टले देखाउँछ ।

त्यसपछि क्रमशः वागमती, कर्णाली र गण्डकी प्रदेशमा सबभन्दा बढी अति संवेदनशील मतदान स्थलहरू छन् ।