काठमाण्डौं : चलचित्र ए मेरो हजुर–४ प्रदर्शनको तयारीमा छ । चलचित्रको रिलिज मिति नजिकिँदै गर्दा फिल्मका दुई ‘स्टार कास्ट’ अनमोल केसी र सुहाना थापा वैशाख १ गतेको व्यग र प्रतीक्षामा छन् ।
अभिनेत्री झरना थापाको निर्देशन अनि श्रीमान् सुनिलकुमार थापाको लगानीमा निर्माण गरिएको चलचित्र हो ए मेरो हजुर–४ ।
अनि उनकै छोरी सुहाना थापा र चक्लेटी अभिनेता अनमोल केसी मुख्य अभिनयमा छन् ।
फिल्ममा सुहानाले एक नेवार समुदायको पात्रका रूपमा आफूलाई उभ्याएकी छिन् भने अनमोल एक बारिस्ताको भूमिकामा छन् ।
जसलाई दर्शकले मन पराइदिनेमा उनीहरू विश्वस्त छन् ।
तपाइँको प्रतिक्रीया