काठमाडौं : दोलखा–चरिकोटदेखि जिरीसम्मको सडक विस्तार आयोजनाको काम पूरा भएको छ । सडक विस्तारको ५५ किलोमिटर कालोपत्रे पूरा भएको छ । सडकको कालोपत्रे पूरा भएसँगै अब जिरीसम्मको यात्रा पनि सहज हुँदै गएको छ ।
तीव्र गतिमा काम भइरहेकै बेला २ पटक एक्कासि लकडाउन हुँदा काम रोकिदा नौ महिना म्याद थप भएपछि निर्धारित समयमै काम पूरा भएको हो । अघिल्लो वर्ष लकडाउन नभएको भए अघिल्लो असारसम्म सबै काम पूरत गर्ने लक्ष्य थियो । लामोसाँघु–चरिकोट–जिरी सडक विस्तार आयोजनाअन्तर्गत सडक विस्तार भएको हो । सडक विस्तारको काम उडहिल(लामा जेभीले गरेको हो ।
निर्माण कम्पनीका कन्स्ट्रक्सन म्यानेजर रवीन्द्र श्रेष्ठले सडक कालो पत्रेको सबै काम पूरा भएको र त्यसमा ट्राफिक चिन्हहरु राख्ने, रातिको समयमा राखिने टल्किने बत्ती राख्ने काम पनि पूरा हुन थालेको छ ।
काम पूरा भएकाले कम्पनी फर्कने तयारी भइरहेको उनले बताए । सडकको परामर्शदाता सिमत–ईआरएमसी जेभी प्रमुख राजेन्द्र पौडेलले महामारीको बीचमा पनि स्वास्थ्य मापदण्ड अपनाएर काम गर्दा समयमै पूरा भएको बताए ।
डीबीएसटी प्रविधिमा आधारित कालोपत्रे भएकाले गर्मी समय उपयुक्त हुने र चिसोमा काम गर्न नसक्ने अवस्था हो । सडकको निर्माणको गुणस्तर, आकर्षण र पुरानो नमिलेको ग्रिडसमेत काटेर काम गरिएको छ ।
घुमाउरो ठाउँहरुमा ढिस्का समेत काटेर काम गरिएको, जोखिमपूर्ण ठाउँमा फलामे बार लगाइएको छ । यसले सडक यात्रा सुरक्षालाई ख्याल गरेर संरचना तयार पारिएको छ ।
चरिकोट–जिरी सडक विस्तारको तेस्रो खण्ड हो । यसको विस्तारको काम ३ वर्षअघि सुरु भएको हो ।
तपाइँको प्रतिक्रीया