२०८२ जेठ ३२ शनिवार

राशिफल

विद्यासुन्दर शाक्यको पाँच वर्षको कामको मूल्याङ्कन अब एमालेले गर्ने

काठमाडौं  :  काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले ५ वर्षमा गरेका कामको मूल्याङ्कन नेकपा एमालेले गर्ने भएको छ । आगामी स्थानीय तह चुनावमा फेरि महानगर प्रमुखमा उम्मेदवारी दिने बताउँदै आएका शाक्यको कामको मूल्याङ्कनपछि मात्रै पुनः उम्मेदवार बनाउने वा नबनाउने भन्ने बारेमा निर्णय गरिने एमाले काठमाडौं सहइन्चार्ज कृष्ण राईले जानकारी दिए ।

‘काठमाडौं महानगरमा को मेयरको उम्मेदवार हुने भन्ने सन्दर्भमा विद्यासुन्दरजीले ५ वर्षमा गरेको कामको हामी मूल्याङ्कन गछौं उनले भने । त्यसपछिमात्र ठोस कु्रा निकाल्ने समेत उनले बताएका छन ।

उनले यही चैत २८ गतेपछि बैठक बसेर उम्मेदवार छनौटका लागि गृहकार्य सुरु गरिने जानकारी दिए । नेता राईले पार्टीले व्यक्ति व्यक्तिले पार्टीको उम्मेदवारीको घोषणा गर्दै नहिड्न समेत निर्देशन दिएको बताए ।

एमालेबाट काठमाडौंमा महानगर प्रमुखका दावेदारमा मेयर शाक्य र एमाले बागमती प्रदेश सांसद समेत रहेका केशव स्थापितको नाम चर्चामा रहेको छ । पार्टीले टिकट दिएका पुन उम्मेदवारी दिने बताउँदै आएका शाक्य पछिल्लो समय महानगरभित्र भएका कामहरुको उद्घाटनमा ब्यस्त रहने गरेका छन् ।