२०८२ जेठ ३१ शुक्रबार

राशिफल

अब काठमाडौंको फोहोरबाट बिजुली र ग्याँस उत्पादन गर्न संभव छ : प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको फोहोरबाट बिजुली र ग्याँस उत्पादन गर्न सकिने बताएका छन् । आज बिहीबार विश्व स्वास्थ्य दिवसको अवसर पारेर काठमाडौंमा आयोजित टाइफाइड बिरुद्धको खोप अभियान सञ्चालनको शुभारम्भ गर्दै प्रधानमन्त्री देउवाले फोहोरबाट बिजुली र ग्याँस उत्पादन गरेर फोहोर व्यवस्थापन गर्नुपर्ने बताएका हुन् ।

काठमाडौंमा फोहोर व्यवस्थापनको कुरा अत्यन्त जरुरी भइसकेको उनले बताएका छन् । प्रधानमन्त्री देउवाले धरानमा फोहोरबाट बिजुली र ग्याँस उत्पादन गरी टेम्पो लगायतका साना सवारीसाधन सञ्चालन गरिएको भन्दै काठमाडौंको फोहोरलाई पनि
त्यसरी व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिए ।

फोहोर व्यवस्थापन गर्नका लागि सरकारबाट चाहिने सहयोग गर्न सरकार प्रतिवद्ध रहेको समेत बताउँदै सुन्दर शहर काठमाडौं अहिले फोहोरको थुप्रो भएको भन्दै प्रधानमन्त्री देउवाले काठमाडौंलाई सुन्दर र हरियाली बनाउनु आजको आवश्यक्ता भएको बताए ।

उनले फोहोरलाई डम्पिङ साइटमा फाल्ने नभइ बिजुली र ग्याँस निकालेर यसको उपयोग गर्न सक्नुपर्ने बताए । उनले फोहोरबाट बिजुली र ग्याँस निकाल्ने काम गर्न नेपाल आफैँले सक्ने पनि बताए ।

प्रधानमन्त्री देउवाले भने, ‘फोहोर व्यवस्थापनको कुरा उठेको छ । यसको व्यवस्थापन गर्न अति जरुरी भइसकेको छ । देउवा केहि दिनअघि धरान गएका थिए ।

त्यसपछि त्यहाँ ट्रिटमेण्ट प्लान्ट राखेर फोहोर व्यवस्थापन गरेर ग्याँस निकालेर दिएका थिए । त्यसले टेम्पो जस्ता साना सवारी साधनहरु चलाउने व्यवस्थापन गरेको देखेपछि उनले अहिले यस्तो व्यावस्था गर्नुपर्ने बताउँदै आएका छन ।

त्यसकारण यसको व्यवस्थापन गरेर त्यसको ट्रिटमेण्ट गरेर फोहोर व्यवस्थापन र बिजुली, ग्याँस दुई वटै निकाल्न सकिने सम्भावना बढेको उनले बताए ।

यसका लागि विदेशी पनि इन्भेष्टमेन्ट गर्न तयार रहेको उनले बताए