काठमाडौं : जनता समाजवादी पार्टी नेपालको हेडक्वार्टर बैठक पार्टी कार्यालयमा बसिरहेको छ । स्थानीय तहको चुनावमा गठबन्धन गर्दा पार्टीको उम्मेदवार चयन लगायतको विषयमा छलफल गर्नका लागि हेडक्वार्टरको बैठक बसिरहेको हो ।
काँग्रेसका नेता रामचन्द्र पौडेल संयोजक रहेको स्थानीय तह निर्वाचनमा तालमेलका लागि तयारी तथा अनुगमन समितिको बैठक हिजो बसेको थियो । सो समितिले सत्ता गठबन्धनको स्थानीय तह चुनाव तयारी, परिचालन तथा अनुगमन समितिले तीन दिनभित्र केन्द्रमा प्रतिवेदन पठाउन निर्देशन दिएको छ । समितिमा सत्ता गठबन्धनमा हालसम्म भएको गतिविधिको बारेमा छलफल गरेको थियो ।
जसपाले स्थानीय तहबाट उम्मेदवार छनौट गरी जिल्ला हुँदै प्रदेशमा पठाउने क्रम सुरु गरेको छ ।
तपाइँको प्रतिक्रीया