काठमाडौं : नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले उद्योग मन्त्रालयमा रहेको चुनौतिलाई सफलतापूर्वक पार लगाउने बताएका छन् ।
आज बिहीबार उद्योग मन्त्रालयको पदभार ग्रहण गर्दै मन्त्री बडूले उद्योगसम्बन्धी देखिएका समस्यालाई समाधान गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
आफ्नो टिममा मन्त्रालय सञ्चालन गर्नको लागि राम्रो टोली रहेको भन्दै आत्मविश्वास र प्रतिवद्धताका साथ काम गर्ने उनले बताएका छन् । मन्त्री बडूले जनताले राहत महशुस गर्ने गरेर उद्योगसम्बन्धीका समस्या समाधान गर्ने योजना पनि सुनाए ।
‘उद्योग मन्त्रालयमा रहेको चुनौतिलाई सफलतापूर्वक पार गर्न त्यसको लागि टिमवर्क चाहिन्छ मन्त्री बढुले भने । यो आत्मविश्वास र प्रतिवद्धताका साथ हामी अघि बढ्न सक्यौँ भने चुनौति समेट्नका निमित्त, सफलताका निमित्त यो मेरो लागि अवसर भएको पनि बताएका हुन । यसलाई हामीले जनताले राहत महशुस गर्ने गरेर उपयोग गर्न जरुरी छ ।
हामीले विश्व अर्थतन्त्र नै डामाडोल भइरहेको बेलामा नेपालले के तयारी गर्दैछ, कसरी यो पार गर्छ भन्ने कुरालाई पनि ध्यान राख्न जरुरी भएको मन्त्री बडूले बताए ।
तपाइँको प्रतिक्रीया