काठमाण्डौं : सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ४ जुबुमा स्थानीय तहको निर्वाचनका लागि नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष पदमा ७ जना आकांक्षी देखिएका छन् ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा वडाध्यक्ष पदमा आकांक्षा देखाउनेहरुमा हर्क राई, रञ्जन राई, विकाश भारती, फुर्तिमान राई, प्रकाश राई, तारामान राई र सुर्यबहादुर राई रहेका छन् ।
उनिहरु आ–आफ्नो तवरबाट चुनावको प्रचारप्रसारमा जुटेको वडाध्यक्ष पदका आकांक्षी हर्क राईले एनडिसी खबरलाई जानकारी दिए ।
यसबीचमा हर्क राईको जित्ने संभावना बलियो देखिएको छ । १२ वर्ष शिक्षण सिकाईको अनुभव बटुलेका राई समाज सेवामा पनि उतिकै तल्लिन देखिन्छन् । उनले विगत ३ वर्षदेखि आफ्नै सवारी साधनबाट जुबुबासी बिरामी पर्दा अस्पतालसम्म लैजानका लागि समेत निःशुल्क सहयोग गर्ने गरेको बताए ।
एनडिसी खबरसँग कुरा गर्दै चुनाव जितेको खण्डमा एक घर, एक धारा अभियान सञ्चालन गर्ने, वडामा दिर्घकालिन रुपमा सवारी सञ्चालनको लागि पहल गर्ने बताए ।
यस्तै आफु निर्वाचित भई सकेपछि राष्ट्रिय प्रसारण लाईन जुवु बासीको घरघरमा पुर्याउँने योजना रहेको उनको भनाई छ । साथै वडा नम्बर ४ मा भएका विद्यालयहरुको शिक्षामा सुधार ल्याउँनका लागि समय, समयमा अन्तरक्रिया गर्नुका साथै अनुगमन टोलि गठन गरी अनुगम गर्ने उनले बताए ।
चुनावी मैदानमा होमिदै गर्दा ७० भन्दा बढी युवाहरुको साथ आफ्नो पक्षमा रहेकाले पनि वडाध्यक्षमा जित्ने संभावना प्रवल रहेको प्रतिक्रिया दिए। आगामी बैशाख ११ र १२ गते चुनावको लागि उम्मेद्वारी दर्ताको समय छ ।
तपाइँको प्रतिक्रीया