२०८२ जेठ २२ बुधबार

राशिफल

आईपीएल क्रिकेटमा लखनउले दिल्लीलाई ६ विकेटले हरायो

काठमाण्डौ : इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई हराएको छ ।

मुम्बईमा गएराति भएको खेलमा लखनउ दिल्लीलाई ६ विकेटले हराउँदै दोस्रो स्थानमा उक्लिएको छ । दिल्लीले दिएको १ सय ५० रनको लक्ष्य लखनउले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर भेट्टायो । लखनउको जितमा क्विन्टन डी ककले ८० रनको अर्धशतकीय पारी खेलेका थिए ।

जितसँगै लखनउको ४ खेलमा ६ अङ्क भएको छ । दिल्ली तीन खेलमा दुई अङ्क जोडेर सातौँ स्थानमा छ ।