२०८२ जेठ ३१ शुक्रबार

राशिफल

कांग्रेसले चैतभित्रै घोषणापत्र तयार गरि सक्ने

काँठमाडौं : कांग्रेसले स्थानीय एजेन्डा समेटेर चैतभित्र घोषणापत्र तयार गर्ने भएको छ । महामन्त्री गगन थापा संयोजकत्वको स्थानीय तह निर्वाचन, २०७९ घोषणापत्र तयारी समितिको बिहीबार बसेको पहिलो बैठकले घोषणापत्र लेखनको विषय अगाडि बढाएको छ ।

समिति सदस्य तथा कांग्रेस केन्द्रीय सदस्य मधु आचार्यका अनुसार बैठकमा केन्द्रमा जारी हुने घोषणापत्रमा समेटिने विषय र स्थानीय तहका लागि स्थानीय मुद्दा र एजेन्डा समेटेर तयार पार्न केन्द्रले पठाउने नमुनाको विषयमा छलफल भएको बताए ।

कांग्रेसले स्थानीय तहले सम्बन्धित स्थानीय तहको आवश्यकता र महत्वलाई हेरेर घोषणापत्र तयार गर्ने जनाएको छ । त्यस्तै, केन्द्रबाट समग्रमा स्थानीय सरकारलाई हेर्ने दृष्टिकोण, स्थानीय सरकारलाई अझै सबल बनाउन पार्टीको प्रतिबद्धतालगाायतका विषयलाई समेटेर घोषणापत्र तयार गर्नेछ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको फागुन ३ को निर्णयअनुसार सभापति शेरबहादुर देउवाले फागुन १० मा महामन्त्री थापाको संयोजकत्वमा स्थानीय तह निर्वाचन, २०७९ घोषणापत्र तयारी समिति गठन गरेका थिए । समितिमा फागुन २१ मा २८ सदस्य मनोनयन गरिएको थियो ।

घोषणापत्र तयारीका लागि सात उपसमिति गठन गरिएको छ ।हिजो बिहीबार बसेको बैठकले समिति सदस्यको कार्यविभाजन गर्दै उपसमिति गठन गरेको हो ।