२०८२ जेठ ३१ शुक्रबार

राशिफल

लुम्बिनी प्रदेशमा गठबन्धनबीच स्थानीय चुनावमा तालमेल गर्ने निर्णय

काठमाडौं : लुम्बिनी प्रदेशमा सत्तारूढ पाँचदलीय गठबन्धनबीच स्थानीय चुनावमा तालमेल गर्ने सहमति भएको छ।

यसअघि नेकपा एकीकृत समाजवादीका प्रतिनिधिविनै गठबन्धनका दलहरूको बैठक बसेको थियो। तर बिहीबार बसेको गठबन्धन बैठकले पाँचदलीय गठबन्धनलाई चुनावसम्म लैजाने र चुनावी तालमेललाई व्यवहारिक रूपमा कार्यान्वयन गर्ने निर्णय गरेका छन्।

‘वैशाख ३० मा हुने स्थानीय चुनावमा लुम्बिनीमा गठबन्धन बलियो तथा मजबुत बनाउनको लागि नियमित बैठक बस्ने, मत विश्लेषण गर्ने र निर्वाचन योजना निर्माण गर्ने निर्णय गरियो,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ।

यस्तै लुम्बिनीका एक सय ९ स्थानीय तहमा गठबन्धनको धरातलीय अवस्था पठाउन सम्बन्धित जिल्लाहरूलाई आग्रह गर्ने निर्णय भएको छ।

जिल्लाहरूमा पनि पाँचदलीय गठबन्धन बैठक बस्न निर्देशन दिने निर्णय पनि उनीहरूले गरेका छन्। साथै अर्को बैठक चैत २७ मा बस्नेछ।