२०८२ जेठ ३२ शनिवार

राशिफल

बारामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

काठमाडौं :  पूर्व–पश्चिम गण्डक नहर सडकअन्तर्गत बाराको पचरौता नगरपालिका ९ कुडवामा बिहीबार राति भएको मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । भने, अर्का एक जना गम्भीर घाइते भएका छन् ।​

तेलकुवाबाट सिम्रौनगढतर्फ जाँदै गरेको बि.आर.०५ ए.एस. ७५८६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई नहरमा खस्दा मोटरसाईकलमा सवार सिम्रौनगढ नगरपालिका ९ बस्ने ६० वर्षीय रामजनम यादवको मृत्यु भएको हो । दुर्घटनामा सोही स्थानका बिरेन्द्र यादव गम्भीर घाइते भएका छन् ।

तीव्र गतिमा रहेको मोटरसाईकल अनियन्त्रित भई नहरमा खस्दा दुवै जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए । प्रहरी चौकी लंगडाको सहयोगमा घाइते दुवै जनालाई उपचारको लागी रोशन अली अस्पताल वीरगंजमा लगिएको भएतापनि त्यहाँ उपचार सम्भव नभएपछि उनीहरुलाई थप उपचारको लागी नेशनल मेडिकल कलेज वीरगंज पुराएको थियो । उपचारकै क्रममा रामजनमको भने राति पौने एक बजे मृत्यु भएको डिएसपी थापाले बताए ।