काठमाडौं : नेकपा एमालेले शुक्रबार अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झपाको दमकमा मेयरका लागि उम्मेदवार सिफारिस गर्ने भएको छ । जिल्लाका १३१ वडामध्ये केही वडामा मात्रै सर्वसम्मत उम्मेदवार चयन भएपछि करिब १२९ वडामा एमालेले प्रतिस्पर्धाका आधारमा उम्मेदवार छान्ने भएको छ ।
नेकपा एमाले दमक नगरकमिटीका एक नेताका अनुसार शुक्रबार बस्ने नगर कमिटीको बैठकले मेयरका उम्मेदवार छानेर माथिल्लो कमिटीलाई सिफारिस गर्नेछ ।
दमकको मेयरको उम्मेदवारका आकांक्षी तीन जना भएपनि वर्तमान उपमेयर गीता अधिकारीलाई नै एमालेले अघि सार्ने सम्भावना रहेको छ । गीताको नाममा सहमति नजुटे भोटिङका आधारमा नाम तय गरिने बताइएको छ ।
एमालेका अनुसार झापामा रहेका जम्मा १३१ वडामा सर्वसम्मत उम्मेदवार छान्ने प्रयास भएपनि त्यो सफल हुन नसकेको बताइएको छ ।
तपाइँको प्रतिक्रीया