काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले तीन दिन स्थानीय तहका प्रमुख र उपप्रमुखको नाम सिफारिस गर्न निर्देशन दिएको छ । सबै जिल्लाको केन्द्रीय पर्यवेक्षकको उपस्थितिमा गरिएको विस्तारित बैठकले आगामी चैत २९ गते स्थानीय तहका प्रमुख र उपप्रमुखको नाम सिफारिस गर्न निर्देशन दिएको हो ।
केन्द्रबाट गठबन्धन गर्नुको औचित्य नदेखिएकाले स्थानीय आवश्यकतामा तालमेल गर्न निर्देशन दिएको लोसपा नेता केशव झाले बताए । उहाँले स्थानीय तहमा केन्द्रबाट गठबन्धन गर्नुको कुनै अर्थ र औचित्य नभएकाले स्थानीय तहमै आफुनो आवश्यकता र औचित्यका आधारमा चुनाव जित्नेगरी गठबन्धन गर्न आग्रह गरे । उम्मेदवार छनोट गर्दा अघिल्लो पटक जितेका जनप्रतिनिधिहरुको राम्रो पर्फरमेन्स छैन र भ्रष्टाचारमा लिप्त छन भने रिपिट नगर्न अनुरोध गरेको हो ।
अघिल्लो पटक राजपाबाट २४ प्रमुख र ३१ उपप्रमुख जितेको थियो । तर आगामी निर्वाचन भने यसअघिको भन्दा राम्रो गर्ने लोसपाको दाबी छ ।
तपाइँको प्रतिक्रीया