काठमाडौं : रोजगार अनुमति प्रणाली ईपीएस मार्फत नेपाली नागरिकलाई दक्षिण कोरिया पठाउने सम्बन्धी समझदारीपत्र नवीकरण गर्ने निर्णय भएको छ । हिजो बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सम्झौता नवीकरण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
सरकारले ईपीएसमार्फतबाट वर्षेनी दक्षिण कोरियामा नेपाली कामदार पठाउँदै आएको छ । उनले नेपाल दूरसञ्चार कम्पनीका प्रबन्ध निर्देशकमा सुनील पौडेललाई नियुक्त गर्ने निर्णय भएको पनि बताए ।
बैठकले चीनसहित विभिन्न २० देशमा राजदूत नियुक्त गर्ने निर्णय भएको पनि कार्कीले बताए । यसैगरी मन्त्रिपरिषद् बैठकले पश्चिम सेती करिडोर आयोजनका लागि जग्गा प्राप्तिको प्रक्रिया अघि बढाउने, श्रम अदालतको अध्यक्षमा उच्च अदालत विराटनरगर, ओखलढुंगाका इजलासका न्यायाधीश वाशुदेव आचार्यलाई नियुक्त गर्ने, वैदेशिक रोजगार न्यायीकरणको अध्यक्षमा रवि शर्मा अर्याललाई नियुक्त गर्ने निर्णय पनि भएको छ ।
तपाइँको प्रतिक्रीया