२०८२ जेठ ३१ शुक्रबार

राशिफल

उपकार लघुवित्तको आईपीओ खुला

काठमाण्डौ  :  उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले नागरिकका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा दुई करोड ३६ लाख २५ हजार रुपैयाँ मूल्य बराबरको दुई लाख ३६ हजार २५० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओको बिक्री खुला गरेको हो ।

कम्पनीले निष्कासन गरेको साधारण शेयरमा जारी पुँजीको ० दशमलव ५ प्रतिशत अर्थात तीन हजार २८१ कित्ता शेयर कर्मचारीलाई र निष्कासित शेयरको पाँच प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरि बाँकी दुई लाख २१ हजार १५६ कित्ता शेयर खरिदका लागि नागरिकले आवेदन दिन पाउने कम्पनीले कम्पनीले जनाएको छ

नागरिकले यही चैत २९ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् भने यस अवधिसम्म मागबमोजिम आवेदन नआए आउँदो वैशाख ९ गतेसम्म निष्कासन खुला रहने कम्पनीले जनाएको छ ।