काठमाण्डौं : सरकारले बैशाख ३० गते स्थानीय तहको चुनावको मिति तय गरिसकेको छ । निर्वाचन आयोगले निर्वाचन कार्यक्रम घोषणा गरेर तयारी तीव्र बनाइसकेको छ । मतपत्र पनि छापिइसकेको छ ।
आयोगले आज अपरान्ह पाँच बजे औपचारिक कार्यक्रम नै गरेर आचार संहिता लागू गर्दैछ । तथापि, स्थानीय तहको चुनाव सर्ने हो कि भन्ने हल्ला एकाएक सलह जसरी फैलिइरहेको छ ।
यहीबीचमा शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्तापक्षका शीर्ष नेताहरुको अनौपचारिक बैठक बसेको थियो । बैठकमाओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले कुनै पनि हालतमा बैशाख ३० को चुनाव सार्ने वा यताउता गर्ने पक्षमा नरहेको बताएका छन् ।
तपाइँको प्रतिक्रीया