२०८२ जेठ ३२ शनिवार

राशिफल

सत्ता गठबन्धनले संयुक्त वक्तव्य जारी गर्ने

काठमाडौं  : सत्ता गठबन्धनमा रहेका पाँच दलले स्थानीय चुनावमा देशव्यापी तालमेलको आह्वान गर्दै संयुक्त विज्ञप्ति जारी गर्ने भएका छन् ।

नेपाली काँग्रेसका एक नेताका अनुसार गठबन्धन दलका शीर्ष नेताको हस्ताक्षरसहित देशव्यापी तालमेल गर्न आव्हान गर्दै संयुक्त वक्तब्य जारी गर्न लागिएको हो ।

‘रामचन्द्र पौडेलजीको संयोजकत्वमा बनेको कार्यदलले सार्वजनिक अपिल ड्राफ्ट गरिरहेको छ । गठबन्धनका मुख्य नेताहरुको बैठक बसेर त्यसलाई अन्तिम रुप दिने र संयुक्त वक्तव्य जारी गर्ने गृहकार्य भइरहेको ती नेताले बताए ।

गठबन्धनमा आवद्ध दलका नेताहरुबीच शुक्रबार बिहान बालुवाटारमा भएको अनौपचारिक छलफलमा पनि संयुक्त वक्तव्य जारी गर्नेबारे नेताहरुबीच छलफल भएको बताइएको छ ।

छलफलमा काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्डका साथै कृष्णप्रसाद सिटौला र पूर्णबहादुर खड्का लगायतको सहभागिता रहेको थियो ।

सत्ता गठबन्धनले ६ वटा महानगरपालिका र ११ उपमहानगरपालिकामा मेयर र उपमेयरहरुको उम्मेदवारी केन्द्रबाटै टुंगो लगाउने र बाँकी स्थानीय तहमा मातहतका पार्टी कमिटीले उम्मेदवार तय गर्नेगरी निर्णय गरिसकेको छ ।