२०८२ जेठ ३१ शुक्रबार

राशिफल

पत्रकार सम्मेलन गरेर निर्वाचन आचारसंहिता लागू भएको घोषणा गर्ने

काठमाडौं  :  निर्वाचन आयोगले शुक्रबार मध्यरातदेखि लागू हुनेगरी स्थानीय तह निर्वाचन आचारसंहिता लागू भएको घोषणा गर्ने भएको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले तयार पारेको आचारसंहिता यसअघि नै राजपत्रमा प्रकाशित भैसकेको छ ।

निर्वाचन मिति नजिकिँदै गएपछि आयोगले तयारीसँगै दलहरूलाई समेत बोलाएर आचारसंहिता पालना गराउन प्रतिवद्धता जनाउन लगाएको थियो । वहालवाला जनप्रतिनिधि भाग लिन नपाउने व्यवस्थाविरुद्ध सर्वोच्चमा परेको रिटमा अन्तरिम आदेश जारी भएको हो ।

निर्वाचन आयोगकाअनुसार शुक्रबार अपरान्ह ५ बजे पत्रकार सम्मेलन गरेर आचारसंहिता लागू भएको घोषणा गर्ने भएको छ । ‘ उक्त कुरा आज आयोगको बैठक बसेपछि निर्णयलाई ठोस रुपमा बाहिर ल्याउने छ ।