२०८२ जेठ ३२ शनिवार

राशिफल

नेपालमा विद्यार्थीलाई विदेश पठाएर पैसा कमाउने धन्दा चलिरहेको केपि शर्मा ओलीको दावी

काठमाडौं :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यापार भइरहेको बताएका छन् ।

एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघको अधिवेशनलाई सम्बोधन गर्दै नेपालमा कलेज संचालन गर्न नदिएर विद्यार्थीलाई विदेश पठाएर पैसा कमाउने धन्दा चलिरहेको उल्लेख गरेका हुन् ।

‘नेपालमा स्वास्थ्य तथा इन्जिनियर पठाउनका लागि कलेजका भवन निर्माण गरेका छन् । तर ती कलेजलाई अनुमति दिएको छैन । नेपालमा स्वास्थ्यको विश्वविद्यालय हुनुपर्छ, नेपालमा मेडिकल कलेज खोल्नु पर्ने हो ।

तर त्यसलाई रोक्न लागेका छन् । विदेशमा विद्यार्थी पठाएर पैसा खानेको समुह छ । विद्यार्थीलाई बाहिर पठाउने व्यापार बढेको छ । स्वास्थ्य तथा इन्जिनियरको लागि भवन बनेको छन् । तर स्वीकृत दिएको छैन उनले बताएका छन् ।

यसो गर्दा नेपालमा दक्ष जनशक्ति विदेश जानले गर्दा देशमा नेपालमा अध्ययन गर्ने विधार्थीहरु निरुताहित हुन थालेका छन् ।