२०८२ जेठ ३२ शनिवार

राशिफल

सोलुमा गठबन्धन हुने पक्का

सोलुखुम्बु :  आगामी बैशाख ३० मा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि सोलुखुम्बुमा सत्तारुढ पाँचदलीय गठबन्धनले जिल्लास्तरीय संयन्त्र तयार गरेको छ । आज बसेको गठबन्धनको बैठकले स्थानीय निर्वाचनकेन्द्रित हुँदै संयन्त्र बनाएको हो । योसँगै यहाँ स्थानीय तहको निर्वाचनमा गठबन्धन हुने पक्का भएको छ ।

बैठकले नेपाली कांग्रेस, सोलुखुम्बुका सभापति नाम्गेल जाङ्बु शेर्पा, नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति, सोलुखुम्बुका संयोजक असिम राई, नेकपा एकीकृत समाजवादी, सोलुखुम्बुका अध्यक्ष दोर्जी जाङ्बु लामा र जनता समाजवादी पार्टी, सोलुखुम्बुका अध्यक्ष नरेन्द्र थापामगर सम्मिलित संयन्त्र निर्माण गरेको हो ।

बैठकपश्चात् जारी संयुक्त प्रेस वक्तव्यअनुसार गठबन्धनसम्बद्ध दलहरूले अन्य दलहरूसँग चुनावी तालमेल गर्न पाउने छैनन् । निर्वाचनमा गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन गठबन्धनसम्बद्ध दलहरूबीच आपसी विश्वासको वातावरण बनाउनुपर्ने निष्कर्ष बैठकको छ ।