२०८२ जेठ ३२ शनिवार

राशिफल

सरकारी स्वास्थ्य संस्था गुणस्तरीय सेवा दिन असफल भएको डा.भगवान कोइरालाको दावी

काठमाडौं :  नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा . भगवान कोइरालाले सरकारी स्वास्थ्य संस्था गुणस्तरीय सेवा दिन असफल भएको बताएका छन् ।

राष्ट्रिय योजना आयोगले स्वास्थ्य क्षेत्रको वर्तमान अवस्था र भावी कार्यदिशाका बारेमा गरेको छलफल कार्यक्रममा डा. कोइरालाले स्वास्थ्य संरचनाबाट प्रदान हुने सेवाको गुणस्तर अपेक्षा गरेको र अन्तर्राष्ट्रिय मापदण्ड भन्दा धेरै तल रहेको उनले बताए ।

‘सरकारी स्वास्थ्य प्रदाय संस्थाबाट गुणस्तरीय सेवा दिन नसक्नुमा हामी सबै जिम्मेवार रहेका छौ उनले भने । तर ‘जसमा चिकित्सक, स्वास्थ्यकर्मी, व्यवस्थापकीय टिम सबै दोषी छन् । जसलाई सुधार गर्न जरूरी छ ।

ऐन, नियम बुझेको तथा व्यवस्थापकिय तालिम लिएका व्यक्तिलाई मात्रै नेतृत्वको नियुक्त गर्दा अस्पतालको सेवा सुधार गर्न सकिने उनले बताएका छन् ।