२०८२ जेठ ३१ शुक्रबार

राशिफल

हामीलाई विदेशी शक्तिहरुले हराएको हो, अदालतले होइन : प्रचण्ड

काठमाडौं  : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘ प्रचण्ड’ तत्कालिन नेकपामा विदेशी शक्तिहरुले अदालत प्रयोग गरेर आफूहरुलाई हराएको बताएका छन् । पूर्वी चितवनमा आयोजित कार्यकर्ता भेलामा प्रचण्डले आफूलाई केपी ओलीले नभएर उनलाई सञ्चालन गर्ने विदेशी शक्तिले अदालत प्रयोग गरेर पछि पारेको उनको दावी रहको छ ।

‘ उनले भने ,‘ केपीले पराजित गरेका होइनन। केपीलाई सञ्चालन गर्ने विदेशी शक्तिहरुले यति ठूलो षड्यन्त्र र डिजाइन गरे त्यसमा अदालत प्रयोग गरेर पार्टीलाई दुई ठाउँमा पु¥याए ।’

प्रचण्डले भने ,‘यदी अदालत र निर्वाचन आयोगले संविधान,कानुन र विगतको नजिर अनुसार काम गरेको भए । केपीसँग एमाले रहँदैन थियो।’ तत्कालिन नेकपामा ७० प्रतिशत सांसद र केन्द्रीय सदस्य लिएर निर्वाचन आयोग गएपनि समयमै फैसला नगर्दा परिस्थिति अर्कै हुने गरेको प्रचण्डले बताएका छन् ।