काठमाडौं : सर्लाहीमा सेप्टिक ट्यांकीमा शव भेटिएका बालकका परिवारले १५ लाख रुपैयाँ नदिँदा उनको हत्या भएको प्रहरीले दाबी गरेको छ ।
मलगंवा नगरपालिका १२ गम्हरिया बस्ने दिपेन्द्र ठाकुरका ८ वर्षीय छोरा मिठु भनिने आकाश ठाकुरको शव सेप्टिक ट्यांकीमा भेटिएको थियो ।
आकाश २० चैतको राति ८ बजेदेखि हराएका थिए । परिवारजनले जिल्ला प्रहरी कार्यालयमा जानकारी गराएपछि प्रहरीले खोजी सुरु गरेको थियो ।
आकाश वेपत्ता भएको सन्दर्भमा प्रहरीले अनुसन्धान गर्दै जाँदा बालकको परिवारसँग फेसबुक म्यासेन्जरमार्फत् १५ लाख रुपैयाँ फिरौती मागेको पाइएको प्रहरीको दाबी गरेको छ ।
‘आकाश वेपत्ता भएपछि साउदी अरबमा रहेका उनका मामा पर्नेको म्यासेन्जरमा फिरौती मागेर सन्देश पठाएको पाइयो’, सर्लाही प्रहरीका प्रवक्ता एवम् डीएसपी माधवप्रसाद बुढाथोकीले भने, ‘आकाश चाहिन्छ भने तुरुन्त १५ लाख पठाइदेऊ भनेका रहेछन् ।
उनीहरुले मागेको रकम तत्कालै नपाउँदा सात जना मिलेर बालकको हत्या गरेको अनुसन्धानबाट खुलेको बुढाथोकीले बताए ।
तपाइँको प्रतिक्रीया