काठमाण्डौं : नेपाल बार एसोसिएसनको निर्वाचनमा प्रतिपक्षी दल एमाले निकटका कानुन व्यवसायी पराजित भएको छ । बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहका उम्मेदवार विजयी हुँदै एमाले बारमा निल हुन पुगेको हो ।
नतिजा अनुसार काँग्रेस–माओवादीसहित सत्तारुढ गठबन्धन निकट कानुन व्यवसायीहरुको प्यानलले क्लिन स्वीप गरेको छ । निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम नतिजा अनुसार ४४७४ मतसहित गोपालकृष्ण घिमिरे अध्यक्षमा विजयी भएका छन् ।
यस्तै उपाध्यक्ष प्रदेश १ मा सुरज खत्री, मधेस प्रदेशमा सुधीर कुमार कर्ण, बागमती प्रदेशमा हर्क बहादुर रावल, गण्डकी प्रदेशमा वीरेन्द्र केसी, लुम्बिनी प्रदेशमा पशुपति भण्डारी, कर्णाली प्रदेशमा उत्तम कुमार आचार्य र सुदूरपश्चिम प्रदेशमा तुलाराम गिरी विजयी भएका छन् ।
तपाइँको प्रतिक्रीया