२०८२ जेठ ३२ शनिवार

राशिफल

युक्रेनसँग लडाईको क्रममा सुरक्षा फौजतर्फ ठूलो क्षति भएको रुसको स्वीकार

काठमाडौं : युक्रेनसँगको युद्धमा आफ्नो सुरक्षा फौजतर्फ ठूलो क्षति भएको रुसले स्वीकार गरेको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले युद्धका क्रममा रुसी सेनातर्फ भएको क्षति निकै दुस्खदायी भएको बताउनुभएको छ। गएको फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको थियो । आज ४५औँ दिन पुगिसकेको छ ।

गएको मार्च २५ मा रुसको रक्षा मन्त्रालयले युद्धमा आफ्ना एक हजार तीन सय ५१ जना सैनिक मारिएको बताएको थियो । तर युक्रेनले झन्डै १९ हजार रुसी सैनिक मारिएको दाबी गर्दै आएको छ। रुस र युक्रेनमा युद्धमा ज्यान गुमाएका सेनाको यकिन तथ्याङ्क भने सार्वजनिक हुन सकेको छैन ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता पेस्कोभले बेलायती टेलिभिजन च्यानल स्काइ न्युजसँगको कुराकानीमा युद्धको लक्ष्य प्राप्त हुने दाबी समेत गर्नुभएको छ ।