२०८२ जेठ ३१ शुक्रबार

राशिफल

सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुने

काठमाण्डौ :  सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी भएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले सरकार पुनर्गठन गरी कांग्रेसलाई पनि सरकारमा सहभागी गराएको हो।

नेपाली कांग्रेसबाट संसदीय दलका नेता रणबहादुर रावल आन्तरिक मामिला तथा कानुनमन्त्री, गोविन्दराज बोहोरा सामाजिक विकासमन्त्री र टेकबहादुर रैका सामाजिक विकास राज्यमन्त्री बनेका छन ।

एकीकृत समाजवादीका दीर्घ सोडारीबाहेक अरु मन्त्री फेरबदल भएका छन् । समाजवादीबाट प्रकाशबहादुर रावल आर्थिक मामिला तथा योजनामन्त्री भएको छ । तीनै जना नयाँ मन्त्रीलाई प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनीयताको शपथ गराएको छ ।

मुख्यमन्त्री भट्टले कांग्रेसका रैका, समाजवादीका अमर साउद र कुलवीर चौधरीलाई राज्यमन्त्रीको शपथ ग्रहण गराए । साउदलाई आर्थिक मामिला र चौधरीलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ । तीन मन्त्री र राज्यमन्त्रीले हिजो नै पदबहाली गरेको छ ।

निर्वाचन आचारसंहिता लागू हुनु अगाडि हिजो मुख्यमन्त्री भट्टले छैटौँ पटक मन्त्रिपरिषद् हेरफेर गरेको हो ।