२०८२ जेठ २२ बुधबार

राशिफल

स्पेनिस ला लिगा फुटबलमा सेभियाको सहज जित

काठमाडौं : स्पेनिस ला लिगा फुटबलमा सेभियाले सहज जित निकालेको छ ।

हिजो शुक्रबार राति भएको खेलमा सेभियाले ग्रनाडामाथि ४–२ गोलको जित निकालेको हो ।

जितसँगै सेभिया अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । लिगमा ३१ खेल खेलेको सेभिया ६० अङ्क जोडेर तालिकाको दोस्रो स्थानमा छ । पराजित ग्रानाडा २९ अङ्क जोडेर तालिकाको १६औँ स्थानमा छ ।