२०८२ जेठ ३२ शनिवार

राशिफल

आज बाट वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्राको तयारी सुरु

काठमाण्डौ : वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्राको तयारी सुरु भएको छ ।  हरेक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गमा रहेको तीनधारा पाठशालाबाट रथयात्रा सुरु हुन्छ ।

रथयात्राका लागि आज दिउँसो चार बजे काठमाण्डौको इन्द्रचोक नजिकै रहेको केलटोलको मन्दिरबाट देवताको मूर्ति खटमा राखेर दरबारमार्गमा रहेको तीनधारा पाठशाला अगाडि लगिनेछ र त्यसपछि मूर्तिलाई खटबाट निकालेर रथमा राखेर रथयात्रा सुरु हुनेछ ।

असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुन: रथयात्रा मच्छिन्द्रबहाल लगेर अन्त्य गर्ने चलन छ । हरेक वर्ष यो जात्रा गरेपछि वर्षा र सह हुने धार्मिक विश्वास छ ।