काठमाडौं : पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्तावमाथि आज मतदान हुने भएको छ । तीन सय ४२ सांसद रहेको पाकिस्तानको संसदमा बहुमतका लागि १ सय ७२ मत आवश्यक पर्छ ।
विपक्षी दलले प्रधानमन्त्री खानले विश्वासको मत प्राप्त गर्न नसक्ने दाबी गर्दै आएका छन् । अर्थतन्त्रलाई गलत ढङ्गले व्यवस्थापन गरेको र सुशासन कमजोर पारेको भन्दै प्रधानमन्त्री खानविरुद्ध केही दिनअघि अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो ।
अविश्वासको प्रस्तावमा पाकिस्तान मुस्लिम लिग–नवाज पी.एम.एल–एन र पाकिस्तान पिपुल्स पार्टी पीपीपीका एक सय सांसदले हस्ताक्षर गरेका थिए ।
प्रधानमन्त्री खानले सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने तर आफूलाई सत्ताच्युत गरे विपक्षीको सरकारलाई मान्यता नदिने चेतावनी दिएको बीबीसी हिन्दीले जनाएको छ ।
तपाइँको प्रतिक्रीया