२०८२ जेठ ३१ शुक्रबार

राशिफल

तेह्रथुममा चट्याङ लागेर १ जनाको मृत्यु, तीन जना घाइते

काठमाडौं : चट्याङ लागेर तेह्रथुममा एक बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा आठराई गाउँपालिका ६ चुहानडाँडा फुङसेङकी १० वर्षीया मीना कन्दङ्वा रहेको बुझिएको छ ।  चट्याङ लागेर अन्य तीन जना घाइते भएको र उनिहरुको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

हिजो शुक्रबार ललिता थोप्राको घरमा साँझ चट्याङ पर्दा छिमेकी बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ।

पूजामा गएकी उनी चट्याङ पर्दा गम्भीर घाइते भएकी थिइन्। उपचारको लागि जिल्ला अस्पताल पाँचथर फिदिमतर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको थियो।