२०८२ जेठ ३१ शुक्रबार

राशिफल

आगामी बैशाख १ गते देखि लागु हुने गरि सार्वजनिक सवारी साधनको भाडा वृद्धि

काठमाडौं : बागमती प्रदेशमा सार्वजनिक सवारी साधनको भाडा बढेको छ ।

बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले हिजो काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा भाडा बढाउने निर्णय गरेको हो । बढाइएको भाडा बैशाख १ देखि लागू हुने मन्त्रालयले जनाएको छ ।नयाँ भाडादर अनुसार न्यूनतम भाडा २० रूपैयाँ भएको छ ।

ट्याक्सीको भाडा पनि बढाइएको छ । प्रति २०० मिटरको भाडा १० रुपैयाँ बनाइएको छ ।

यस्तै, मन्त्रालयले सार्वजनिक गरेको सूचना अनुसार पाँच किलोमिटरसम्म २० रुपैयाँ, १० किलोमिटरको २५ रुपैयाँ, १५ किलोमिटरको ३० रुपैयाँ, २० किलोमिटरसम्मको ३३ र २० भन्दा माथि ३८ रुपैयाँ तोकिएको छ ।