काठमाडौं : इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् ।
आजको पहिलो खेलमा साविक विजेता चेन्नई सुपर किङ्ग्स र सनराइजर्स हैदराबाद दिउँसो पौने चार बजे खेल्दैछन् ।
खेल मुम्बईमा हुनेछ । चेन्नईले अघिल्ला तीन खेलमा हार बेहोरेको छ । अङ्क जोड्न नसकेको चेन्नई आठौँ स्थानमा छ ।
त्यस्तै अघिल्ला दुई खेलमा पराजित हैदराबाद पुछारमा छ । अर्को खेलमा आज बेलुका पौने ८ बजे रोयल च्यालेञ्जर्स बेङ्ग्लोर र मुम्बई इन्डियन्स खेल्दैछन् ।
तपाइँको प्रतिक्रीया