२०८२ जेठ ३१ शुक्रबार

राशिफल

अर्थतन्त्र जोगाउने प्रयास गर्दागर्दै गभर्नरलाई निलम्बन गरियो : अध्यक्ष ओली

Prime Minister KP Sharma Oli addresses the consultation meeting with ministers and secretaries held to discuss the issues of acid attack victims, at his official residence in Baluwatar, Kathmandu, on Thursday, September 10, 2020. Photo: PM’s secretariat/Rajan Kafle

काठमाण्डौ :  प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्त्र जोगाउने प्रयास गर्दागर्दै गभर्नरलाई निलम्बन गरिएको बताएको छ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको निलम्बनमा विरोध गर्दै उहाँले अर्थतन्त्र बुझेको मान्छे अर्थतन्त्र जोगाउन खोज्दा खोज्दै निलम्बनमा परेको टिप्पणी समेत गरे ।

आज काठमाण्डौमा भएको कार्यक्रममा एमाले अध्यक्ष ओलीले अर्थमन्त्री जनार्दन शर्मातर्फ लक्षित गरी ‘धान खाने मुसो चोट पाउने भ्यागुतो’ भएको बताए ।

साथै उहाँले माओवादीले नियुक्त गरेका न्यायाधीशको नेतृत्वमा छानबिन गर्न समिति गठन गरिएको भन्दै आपत्ति समेत जनाएको छ ।