काठमाण्डौं : नेपालमा पछिल्लो ६ महिनामा दोस्रोपटक सार्वजनिक यातायातको भाडादर बढेको छ । विश्वव्यापीरूपमा बढिरहेको पेट्रोलियम पदार्थको मूल्य बढेसँगै नेपालमा दोस्रोपटक सार्वजनिक यातायातको भाडादर बढेको हो ।
विश्व बजारमा कोरोना महामारी र रुस–युक्रेन युद्धको असर कच्चा पेट्रोलियम पदार्थको मूल्यमा पर्दा सार्वजनिक यातायातको भाडादर ६ महिनामै दोस्रो पटक बढेको छ।
यसअघि, बागमती प्रदेश सरकारले कात्तिक १ गतेदेखि लागू हुने गरेर काठमाडौं उपत्यकाको भाडादर वृद्धि गरेको थियो । सरकारले विसं। २०७५ सालयता यो वर्षको कात्तिकसम्म सार्वजनिक यातायातको भाडा बढाएको थिएन । जुन, यही वर्षको ६ महिने अवधिमै दोस्रो पटक बढेको हो ।
यसअघि, बागमती प्रदेशको भौतिक, पूर्वाधार विकास मन्त्रालयले उपत्यकाको भाडादर वृद्धि गरेको थियो । उक्त समयमा मन्त्रालयले ०–५ किलोमिटरसम्म यात्रा गर्ने यात्रुले १८ रुपैयाँ भाडा तिर्नुपर्ने व्यवस्था गरेको थियो ।
तपाइँको प्रतिक्रीया