काठमाण्डौं : केन्द्रमा सत्तारुढ गठबन्धनमा आबद्ध जनता समाजवादी पार्टीले सुदूरपश्चिम प्रदेशमा भने गठबन्धन तोड्ने निर्णय गरेको छ ।
प्रदेश सरकारलाई समर्थन दिँदै आएको जसपाले प्रदेश सरकारमा तीन दलको मात्रै प्रतिनिधित्व गरिएको भन्दै समर्थन फिर्ता गर्दै गठबन्धन तोड्ने भएको हो । जसपाबाट प्रदेशसभामा एक जनाको प्रतिनिधित्व रहेको छ ।
शुक्रबार सुदूरपश्चिम सरकार पुनर्गठन हुँदा काँग्रेसका दुई मन्त्री र एक राज्यमन्त्री थपिएका छन् । तर, जसपालाई सहभागी गराइएको छैन ।
तपाइँको प्रतिक्रीया