२०८२ जेठ २२ बुधबार

राशिफल

यसरी मनाइयो चैते दशैं

b]pv’/L, @^ r}t M clDas]Zj/L dlGb/df eQmhgsf] eL8 r}t] ci6dLsf cj;/df zlgaf/ 3f]/fxL– !* l:yt clDas]Zj/L dlGb/df k”hf ug{ eQmhgsf] eL8 . tl:a/ M /l~htf clwsf/L÷/f;;

काठमाण्डौं : प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले शक्तिपीठसहित घर–घरमा नवदुर्गा भवानीको पूजा आराधना गरी मनाएका छन् ।

चैतेदशैँका अवसरमा आज बिहानैदेखि राजधानीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्न भक्तजनको भीड लागेको थियो । मन्दिरसम्म नजाने भक्तजनले भने घरघरमै देवीको आराधना गरी मीठा–मीठा परिकार बनाएर भोजन गरी परिवारका सदस्यबीच रमाइलो गरेर चैते दशैँ पर्व मनाएका छन् ।

बडा दशैँजस्तै चैते दशैँको पूजा उपासनाको मुख्य उद्देश्य पनि यो लोकमा सुख, शान्ति र परलोकमा सद्गतिका लागि आशीर्वाद लिनका लागि हो । बडा दशैँमा जस्तै चैते दशैँमा पनि परिवारका सदस्यबीच जमघट हुने गर्छ ।

यस अवसरमा उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवीलगायत शक्तिपीठमा चैतेदशैँका अवसरमा विशेषपूजा गरिएको छ ।