२०८२ जेठ ३१ शुक्रबार

राशिफल

थुलुङ दुधकोशीमा एकै दिन भयो उद्घाटन र विमोचन

सोलुखुम्बु : जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाको पालिका गानको विमोचन गरिएको छ । गाउँपालिकाले आज एक कार्यक्रमकाबीच “यो हो थुलुङ दुधकोशी गाउँपालिका” बोलको गित विमोचन गरिएको हो ।

गायक तथा सर्जक सुबास संगम राईको रचना रहेको उक्त गितमा मेलिना राई र कुमार प्रयासले आवाज दिएका छन् भने शान्तीराम राईले संगित भरेका छन् ।

१७ जनाको रचनाबाट छनोटमा परेको उक्त गितमा पालिकाको रितिरिवाज, भुगोल, भाषा, संस्कार, संस्कृतिलाई समेटिएको बताइएको छ ।
साथै आज नै मुक्लीमा निर्माण गरिएको प्रदेशस्तरिय खेल मैदान र अध्यक्ष कप रनिङ शिल्ड भलिबल प्रतियोगीताको उद्घाटन गरिएको छ ।

३२ रोपनी क्षेत्रफलमा निर्माणाधिन उक्त खेलमैदान जिल्लाकै ठुलो खेल मैदान भएको दाबी गरिएको छ । खेल मैदान १६ करोडको डिपिआर तयार भएको गाउँपालिकाले जनाएको छ ।

रनिङ शिल्ड भलिबल प्रतियोगीताको उद्घाटन गाउँपालिका अध्यक्ष असिम राईले गरे ।