काठमाण्ठौं : १८ प्रतिशत स्थानीय तह ओगटेको मधेस प्रदेशमा तराई, मधेस केन्द्रित दलका नेताहरूको दौडाधुप सुरु भएको छ।
७ सय ५३ स्थानीय तहमध्ये १ सय ३६ स्थानीय तह मधेस प्रदेशमा छन् । त्यसैले मधेसकेन्द्रित दलका नेताहरू मधेसका बढी भन्दा बढी स्थानीय तहमा विजयी हुन विभिन्न रणनीति बनाई सक्रिय भएका छन्।
अहिले तराई, मधेसकेन्द्रित दलका धेरैजसो नेता मधेसका विभिन्न जिल्लामा छन्। पार्टीका शीर्ष नेताहरू काम विशेषले काठमाडौं आए पनि एक या दुई दिन मात्र काठमाडौं बस्ने गरेका छन् । उनीहरू पुनः मधेसमै फर्कने गरेका छन्।
तपाइँको प्रतिक्रीया