काठमाण्डौ : आज राम नवमी । हरेक वर्ष चैत्र शुक्ल नवमीका दिन भगवान रामचन्द्रको सम्झनामा श्रद्धा र भक्तिपूर्वक रामको पूजाआराधना गरी मनाइँदैछ।
आज देशभरका राम मन्दिरमा विशेष पूजापाठ गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ । आजका दिन व्रत बसी रामको पूजापाठ र जप ध्यान गर्नाले चिताएको कार्य पूरा हुने जनविश्वास रहिआएको छ।
पितृ मातृ भक्त, ठूलालाई आदर र सानालाई माया गर्ने आदर्श पुरुषका रुपमा रामले अयोध्यामा राज्य गरेकाले उहाँको शासनकाललाई अहिले पनि रामराज्यका रुपमा स्मरण गरिन्छ ।
राम नवमीका अवसरमा काठमाण्डौको बत्तीसपुतलीमा रहेको राम मन्दिर, पशुपति आर्यघाट पारिको राममन्दिर, गोकर्णेश्वर नगरपालिका–९ आरुबारीमा रहेको राम मन्दिरलगायत देशभरका राम मन्दिरमा मेला लाग्ने गर्छ । आजको दिन जनकपुरको रामजानकी मन्दिरमा विशेष मेला लाग्छ ।
तपाइँको प्रतिक्रीया