काठमाडौं : पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पारित भएको छ । अविश्वासको प्रस्तावको पक्षमा १७४ जना सदस्यले मतदान गरेपछि प्रधानमन्त्री खानविरुद्ध अविश्वासको प्रस्ताव पारित भएको बीबीसीले जनाएको छ । अविश्वासको प्रस्ताव पारित भएसँगै इमरान खान पदमुक्त भएका छन् ।
उनको सरकारले संसद् विघटन गरी तत्काल चुनावको तयारी अघि बढाउने घोषणा गरेपछि आक्रोशित प्रतिपक्षी दलका नेताहरू संसद्मा मतदान रोक्ने निर्णय कानुन विपरीत भएको भन्दै सर्वोच्च अदालत पुगेका थिए।
संसदबाट अविश्वासको प्रस्ताव सफल भएपछि सदनलाई सम्बोधन गर्दै पीएमएल–एनका अध्यक्ष शाहबाज शरीफले पाकिस्तानले आज फेरि एक पटक संविधान र कानुनलाई स्थापना गरेको प्रतिक्रिया दिएका छन् ।
संसदबाट अविश्वासको प्रस्ताव सफल भएपछि सदनलाई सम्बोधन गर्दै पीएमएल–एनका अध्यक्ष शाहबाज शरीफले पाकिस्तानले आज फेरि एक पटक संविधान र कानुनलाई स्थापना गरेको प्रतिक्रिया दिएका छन् ।
अविश्वासको प्रस्ताव पारित भएपछि सदनलाई सम्बोधन गर्दै पीपीपीका अध्यक्ष बैलावाल भुट्टोले अप्रिल १० अर्थात आजको दिनको ऐतिहासिक महत्त्व भएको बताए ।
तपाइँको प्रतिक्रीया