२०८२ जेठ ३२ शनिवार

राशिफल

निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक आज बस्दै

काठमाडौं : पाँच दलीय गठबन्धनले गठन गरेको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ४ बजे बैठक बस्ने भएको समिति सदस्य तथा नेकपा एकीकृत समाजवादीका महासचिव डा बेदुराम भुसालले जानकारी दिए ।

बैठकमा जिल्ला तहबाट आएका प्रतिवेदनहरूको अध्ययन र विश्लेषण हुने भएको छ । निर्वाचनमा तालमेलको ‘मोडालिटी’बारे पनि छलफल हुने भएको भुसालले बताए । प्रतिवेदन आउन ढिलाइ हुँदा समितिले काम गर्न पाएको छैन । यसअघि समितिको बैठक २३ चैतमा बसेको थियो ।

२२ चैतमा बसेको गठबन्धन दलहरूका शीर्ष नेताहरूको बैठकले निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको हो ।